Gold
Bangad salyan

केपी ओली निकट युथ फोर्सले माईतिघर सडकभरि फालेका चुरोटका ठुटा र फोहर टिप्दै डा. गोविन्द केसी

काठमान्डौ – नेकपा एमाले केपी ओली निकट युथ फोर्सले आन्दोलन गर्दै माईतिघर मण्डलामा जता भावी फोहर फालेको छ।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्दै आन्दोलन गरेको थियो।

उनीहरुले प्रयोग गरेका झन्डा ,टोपी ब्यानर लगायतका चिजहरु जता भावी फालेको पाईएको छ। यस्तै उनीहरुले बाटोभरि बोटल, क्याप, कपडा, चुरोटका ठुटाहरु आदि फालेको पाईएको हो ।

उनीहरले जता भावी फलेको फोहर माइतीघरमा विपी प्रतिष्ठानमा हुँदै गरेको आन्दोलनको समर्थनमा डा केसी सहित विवेकशिल साझा पार्टीले सफाई गरेको थियो। यस्तै आन्दोलनको नाममा जता भावी फोहर नफाल्न पनि विवेकशिल साझा पार्टीले अनुरोध गरेको छ।