Gold
Bangad salyan

शैक्षिक माफियाको ट्याग लागेका ५ अस्पतालका मालिक श्रेष्ठलाई देउवाले गरे स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

साउन १०, काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले ५ वटा अस्पतालका मालिक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

शैक्षिक माफियाको ट्याग लागेका श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नियुक्ती पश्चात आजै उनले पद तथा गोपनियताका सपथ लिइसकेका छन् ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको बालाजुको जनमैत्री अस्पताल, बसुन्धारामा रहेको महेन्द्र नारायण निधी अस्पताल, एकान्तकुनामा रहेको हेलोइस अस्पतालका मालिक हुन् श्रेष्ठ ।

हेलोइस अस्पतालधनी बर्गका लागि खोलिएको अस्पताल हो । उनको नुवाकोटमा एउटा र चितवनको मुग्लीनमा एउटा अस्पताल रहेको छ ।

श्रेष्ठको छवि भने राजनीतिकर्मी कम, व्यवसायी धेरै छ । झण्डै चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय उनको लिटिल एञ्जल्स, आइडिया मोडल, स्मल हेभन लगायतका विद्यालय सञ्चालनमा छन् ।