Gold
Bangad salyan

ग्राण्डी अस्पतालका वेस्ट डाक्टरसंग नक्कली प्रमाणपत्र

साउन ११, काठमान्डौ – काठमाडौँको ग्राण्डी अस्पतालमा कार्यरत विजय श्याम रञ्जितलाई केन्द्रीय अनुसन्धान ब्यूरोले प,क्राउ गरेको छ ।

ललितपुर महानगरपालिका २ स्थायी घर भएका रञ्जितलाई ब्यूरोले आइतबार महाराजगञ्जबाट प,क्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

चीनबाट एमबीबीएस पास गरेर फर्केका रञ्जित नेपाल मेडिकल काउन्सिलले स्थायी दर्ता प्रमाणपत्रका लागी लिएको परीक्षामा असफल भएका थिए ।

तर, परीक्षा फेल भएपछि उनले दर्ता प्रमाणपत्र नम्बर–१०८५५ नम्बरको नक्कली प्रमाणपत्र बनाएर रजिस्ट्रारको हस्ताक्षर र छाप लगाएर अस्पतालमा काम गरिरहेका थिए ।

मेडिकल काउन्सिलको सूचनाको आधारमा ब्यूरोले मुद्दा दर्ता गरेपछि करिब ५ महिनादेखि उनी फरार भएको केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी धीरजप्रताप सिंह बताउछन् ।

आफूमाथि अनुसन्धान भएको थाहा पाएपछि उनी ग्राण्डी अस्पतालको जागिर छाडेर बेपत्ता भएका थिए । उनले२०७२ मा ‘उत्कृष्ट चिकित्सक’ जितेका थिए ।

विजय श्याम रञ्जित विरुद्ध लिखतसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । ‘