Gold
Bangad salyan

एमालेको पार्टी सदस्य लिएका छैनौ हामी माओवादी हौ

साउन १४, काठमान्डौ – सांसद पद खोज्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका पूर्व माओवादीका नेताहरूको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ ।

आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।उक्त रिटमाथि बिहीबार सुनुवाई भई अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ ।

आफूहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको र एमालेको पार्टी सदस्यता पनि नलिएको हुँदा माओवादीकै सांसद कायम गरिपाँउ भन्दै हिजो उनिहरुले निवेदन दिएका थिए ।

माओवादी केन्द्र पार्टी परित्याग गतेर एमालेबाट मन्त्री भएका उनिहरुलाई केन्द्रले सांसद पद नरहने गरि कारबाही गरेको थियो । त्यस्तै गैर सांसदलाई केपि ओली सरकारले मन्त्री बनाएको भन्दै सर्वोच्चमा रिट परेपछी अदालतले मन्त्रीबाटपनि बर्खास्त गरेको थियो ।