Gold
Bangad salyan

३३ किलो सुन काण्डका फरार एक जना प,क्राउ सुन भने कँहा छ अत्तो पत्तो छैन

काठमाडौं – ३३ किलो सुन काण्डमा फरार रहेका एक जनालाई प्रहरीले प,क्राउ गरेको छ। प्रहरीले मोरङको गौरादह नगरपालिका ८ बस्ने भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारीलाई गौशालाबाट प,क्राउ गरेको हो।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका उनलाई गौशालाबाट प,क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जनाए।

२०७४ माघ ९ गते त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याइएको ३३ किलो सुन तस्करीमा उनि संलग्न रहेको थिए। सुन तस्करमा मुख्य दोषी भनिएका चुडामणि उप्रेती गोरेलाई पनि प्रहरीले पहिलेनै प,क्राउ गरिसकेको छ।

विमानस्थलबाट ३३ केजी सुन हराएपछि गोरे लगायतको टिमले सनम शाक्यलाई करेन्ट लगाएर मारेका थिए। त्यसपछि यो घटनाको पर्दाफास भएको थियो। सुन तस्करमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न व्याक्तिलाई पक्राउ गरेपनि अहिले सम्म सुन कँहा छ भन्ने पत्ता लाग्न सकेको छैन।