दार्चुलामा भारतको हस्तक्षेपकारी नीतिविरुद्द शसक्त प्रतिरोध गर्ने अखिल नेपाल ( क्रान्तिकारी)को चेतावनी
साउन १६, काठमान्डौ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी)ले दार्चुलाको घटनालाई अन्तराष्ट्रिय मुद्दा बनाएर यसको सत्यतथ्य छानविन गर्न माग गरेको छ।
सेतिमहाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले आज विज्ञप्ति गारी गर्दै भारतको हस्तक्षेपकारी नीति र दादागिरी पुर्ण अमानवीय चरित्रका विरुद्ध शसक्त प्रतिरोधमा उत्रिन आवहान समेत गरेका हुन्।
दार्चुलाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउदै गर्दा मालघाटमा तुईन बाट महाकाली नदी तर्ने बेलामा भारतीय एस.एस. बिले तुईन काटदा ३५ वर्षिय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका छन्।
यो घटना अत्यन्तै स्तब्धकारी र अमानविय भएको जारि विज्ञप्तिमा उल्लेख छ। तुईन काट्ने भारतीय एस.एस .बि जयसिंह धामीको ह,त्यारालाई कार्वाही दायरामा ल्याई सजायको भागेदारी पहलकदमी लिन नेपाल सरकारसंग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी)ले जोडदार माग गरेको छ।
महाकाली नदी तर्ने बेलामा भारतीय एस. एस.बी. का जवान द्वारा तुईन काटी दिदा ३५ वर्षिय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका छ्न । यस घटनाले हामी सबैलाई असाध्यै मर्माहत , दु:खित र आक्रोशित तुल्याएको छ ।
मानवअधिकारका सम्पुर्ण मुल्यमान्यताहरु बिर्साई दिने यस्तो अमानवीय र जघन्य अपराधको घोर निन्दा र भत्सर्ना गर्दछौं । यस घटनाले भारतिय साम्राज्यवादको नेपाल प्रतिको दादागिरी पुर्ण चरित्र झनै उदाङ्गो भएको छ विज्ञप्तिमा भनिएको छ ।
यस्तै भारतिय SSB ले दार्चुलाको महाकाली नदीमा तुईन मार्फत नदि तरिरहेको बेला तुईन काटेर गरिएको नेपालि नागरिक जय सिंह धामीको हत्याको विरुद्ध अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालको संयुक्त आयोजनामा आज देशव्यापी रुपमा प्रदर्शनमा गर्ने भएको छ।

