Gold
Bangad salyan

फेरि प्रधानमन्त्री बन्छु भनेर कसैले षड्यन्त्र नगरोस् : माधव नेपाल

काठमान्डौ – नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न चीतावानी गराएका छन् ।

अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस् । अब जे हुन्छ पारदर्शी हुन्छ उनले भने।

यस्तै नेपालले यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस भन्दै सचेत गराएका हुन्। केपी ओलीले दुई पटक गररेको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको बताए।

यस्तै नेपालले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताए । अहिलेको सरकारले जनताको पक्षमा र विधि विधानमा रहेर काम गर्न पनी नेपालले आग्रह गरे।

आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले भने हामी विचारमा अडिग योद्धा हौं। हामि तर्सेर मैदान छोडेर भाग्दैनौ त्यसको सामना गर्छ। हामि अरुको कुरा पनी सुन्छौ,आलोचना पनी सहनछौ।

सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं नेपालले भने । नेपालले अगाडी भने म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो ,सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने ह। यस्तै नेपालले दार्चुला घटनाको दोषी पत्ता लगाई तत्काल कारबाही गर्न आग्रह गरेका छन्।