Gold
Bangad salyan

दाङमा कुमारी बैंकको एटीएम मेशिन फोड्न खोज्ने दुई जना प,क्राउ

दाङ – दाङको घोराहीमा कुमारी बैंकको एटीएम मेशिन फोड्न दुई जना प,क्राउ परेका छन् । प,क्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ मंलेरीका १८ वर्षीय सुवास विक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूले साउन १२ गते राति घोराही १५ शहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटीएम मेशिन तोडफोड गरेका थिए । एटीएम तोडफोड गरे पनि उनीहरुले पैसा झिक्न भने पाएका थिएनन।

फरार रहेका उनीहरु लुकिछुपी बसेका थिए। घोराही १५ बाट दुव्वियालाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।