Gold
Bangad salyan

परिक्षा स्थगित मात्र नभई बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गरौं : गगन थापा

साउन २३, काठमाडौ – नेपाली काङ्ग्रेसका नेता गगन थापाले कक्षा १२ को परिक्षा स्थगित मात्र नभई बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छन।

साउन ३१ गते बाट हुन गैइरहेको कक्षा १२ को परिक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले हिजो सिफारिस गरेको छ । नेता थापाले यो सन्दर्भमा विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने हिजो प्रधानमन्त्री देउवालाई भेटेर सुझाव दिएका हुन ।

कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो ।

सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ । बोर्डले भने परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने तयारि गर्द्दै परिक्षा संचालन गर्ने बताएको थियो।

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार आज शनिबार ११ बजे बैठक बस्दै छ ।यस पटकको कक्षा १२ को परिक्षामा ३ लाख ७४ हजार विद्यार्थीले परिक्षा दिने तयारि गरेका छन्।