Gold
Bangad salyan

गोरखामा नो एमसीसी भन्दै राजावादीको प्रदर्शन

साउन २३ ,गोरखा- गोरखामा नो एमसिसि भन्दै राजवादीहरुले प्रदर्शन गरेका छन्। सदरमुकाममा राष्ट्रिय शक्ति नेपालको ब्यानरमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा सहभागीले एमसीसी राष्ट्रघाती भएको भन्दै यो सम्झौता कुनै हालतमा पारित गर्न नहुने बताए। सहभागीहरुले ‘एमसीसी खारेज गर’, ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु सनातन वैदिक राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए।

सदरमुकामको रंगशाला गेटबाट निकालिएको विरोध जुलुस हरमटारी चोक, लोकतान्त्रिक चोक, जिबिसचोक, शक्तिचोक हुँदै पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।