Gold
Bangad salyan

डोटीमा १४ वर्षीया बालिका बला,त्कृत

साउन २५ ,डोटी- डोटीको जोरायल गाउँपालिकामा १४ वर्षीया बालिकामाथि बला,त्कार भएको छ।कैलाली घर भई जोरायलमा मामाघरमा बस्दै आएकी बालिकालाई बला,त्कार गरेको आरोपमा जोरायल,४ का ३८ वर्षीय कर्णबहादुर बोहराविरुद्ध जाहेरी दर्ता भएको छ ।

बोहराले बालिकालाई ललाईफकाई पटक–पटक बला,त्कार गरेको परिवारको आरोप छ। पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा अभियुक्त बोहरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए । बोहरा हाल फरार छन् उनको खोजि भईरहेको चन्दले बताए।