Gold
Bangad salyan

प्रधानमन्त्री देउवाको निवास घेराबन्दीमा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको निवास कांग्रेसकै कार्यकर्ताले घेरा हालेका छन्। देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि १४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै सबल कांग्रेसका लागि हाम्रो अभियान’मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्।

पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन धर्ना दिएर प्रधानमन्त्री देउवालाई भेटेर ज्ञापन पत्र पनि बुझाएका छन्।

विधानअनुसार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। आज देउवा निवासमा बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा उनीहरुले विरोध जनाएका हुन्।

समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिए। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।

कांग्रेसको विधानमा चार वर्षमा महाधिवेशन गर्ने उल्लेख छ। तर एक वर्ष थपेर संविधानअनुसार छ महिना अझै थप गर्दा पनि महाधिवेशन सुनिश्चित नभएपछि समयसीमाभित्रै महाधिवेशन सुनिश्चित हुनुपर्ने नेता रञ्जित कर्णले बताए।