Gold
Bangad salyan

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बत्तीसपुतलीमा

साउन ३० ,काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटेलमा बास्दै छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रको हिजो शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठक बसेको थियो। बैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका थि। a