Gold
Bangad salyan

तिहारमा काठमान्डौ शहर झिलिमिली तस्विरमा हेर्नुहोस

काठमान्डौ – आज देशभर लक्ष्मी पुजा गरिएको छ। दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिएको छ ।

सबैले आ -आफ्नो घरको मूलढोकामा दियो बत्ति बालेर सप्तरंगी अबिर फ़ुल टिका राखेर पुजा आरधना गरिएको छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

यस्तै आज बिहानै लक्ष्मी माता गाईको पुजा गरिएको छ। यस्तै तिहारको बेला काठमान्डौ शहर झिलिमिली बनेको छ। काठमान्डौ बासीले आ आफ्नो घरको छत्,मूल ढोका बार्दलीमा बत्ति बालेर झिलिमिली पारेका छन्।

हिन्दु परम्परा अनुसार भोलि गोबर्धन पुजा गरेर पर्सि २० गत्ते भाई टिका मनाउने गरिन्छ। यस्तै काठमान्डौका मूल सडक बजारमा देउसी भईलो खेलेर रमाईलो गरिएको छ।

#लक्ष्मी पुजा