२४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण फेला
कार्तिक १८ ,काठमान्डौ – गत पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण फेला भएको छ ।
६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यस्तै २४ घन्टामा ५१८ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ। हाल नेपालमा संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको मन्त्रालयले जनाएको छ ।

