प्रचण्ड नभए देश चल्नै सक्दैन : अर्थमन्त्री शर्मा
काठमान्डौ – अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सिङ्गो देशको लागी आबस्यक रहेको बताएका छन।
नेकपा माओवादी केन्द्रका नेता शर्माले प्रचण्ड आफ्नो पार्टीको लागि मात्र नभई सिङ्गो देशलाइ आबस्यक रहेको भन्दै निर्विकल्प अध्यक्ष भएको बताएका हुन।
प्रचण्ड माओवादी केन्द्र पार्टी को मात्र हैन अन्य पार्टी मिलाउन देश चलाउन पनि प्रचण्ड अबस्यक छ त्यसैले उहाँ हाम्रो निर्विकल्प अध्यक्ष हो मन्त्री शर्माले भने ।
प्रचण्ड नभए देशनै चल्न नसक्ने शर्माले दाबी गरे। नेपाली जन्ताको त्याग तपस्या बलिदानले सजियको संघीय गणतन्त्र लोकतन्त्र पूरा गर्न र नेपाली जन्ताको सपना पूरा गर्न अध्यक्ष प्रचण्ड आबस्यक रहेको नेता शर्माले बताए ।
यस्तै अध्यक्ष प्रचण्डले विश्राम लिन खोजेपनि आफू हरुले अहिले नमान्ने उनले बताए । अहिले हामी पनि उहाँकै पछि छौ सिक्दै छौ पछिको कुरा अलग हो तर अहिले हाम्रो अध्यक्ष देश र जन्ताको लागि निर्विकल्प हो उनले भने ।
नेकपा माओवादी केन्द्रले पहिलो राष्ट्रिय महाधिवेशन भोलि ११ गते देखि १३ गते सम्म काठमान्डौको राष्ट्रिय सभा गृहमा गर्दै छ ।
यस्तै महाधिवेशनको सम्पुर्ण कार्य पूरा समेत भएको छ । पार्टीको केन्द्रिय कार्यलय पेरिसडाडा झक्की झकाव सजावट गरिएको छ।

