Gold
Bangad salyan

यात्रुले अटोमा छोडेको सात लाख फिर्ता गर्ने ईमान्दार अटो चालक

दाङ – दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् ।

घोराही उप-महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले आज साेमवार बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा पैसा छुटाएका थिए ।

उनले रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छाेडेको पाईएपछी
अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गरेका हुन।

छुटेकाे रकम जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बुझाएकाे हाे भने अटो चालकलाई सम्मान गरिएको छ ।