सुर्खेतमा राजा वीरेन्द्रको शालिक राखीयो
काठमन्डौ- स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर आज वीरेन्द्रनगरमा वीरेन्द्रको शालिक ठड्याइएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा बुधबार स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक राखेका हुन।
राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२/६३ को जनआन्दोलन हुँदा भने सालिक हटाईएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन । पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो ।
यस्तै नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखिदिएको हो ।राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको जानकारी दिए ।
उनले भने, ‘राजाको इतिहास चिनाउका लागि आवाश्यक थियो । हाम्रो इतिहास भन्ने कुरा केहो बुझ्नुपर्छ । त्यसैले राखिएको हो ।
जनता र दलका नेताहरूप्रति घुलमिल हुने राजाका रूपमा वीरेन्द्रलाई सम्झने गरिन्छ । राजा विरेन्द्रको २०५८ साल जेठ् १९ गते सपरिवारको हत्या गरिएको थियो । उनको हत्या कस्ले र किन गर्यो भन्ने हाल सम्म बाहिरीएको छैन ।

