Gold
Bangad salyan

पण्डित बाजेको लौरी एक सामाजिक बादीजातिको कथा ,,

Salyan

असार ११ – चलचित्र पण्डित बाजेको लौरीले आफ्नो ट्रेलर सार्बजानिक गरेको छ ।चलचित्रको गीत चोली तुनाले निकै चर्चा पायपछि निर्माण पक्षले केहि आगाडी मात्र टिजर पनि प्रस्तुत गरेको थियो ।दिपक ओलीको निर्देशन विदुर पाण्डेको छायांकन छ। चलचित्रमा एक बादी जातीको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डित्याइ’को कथालाई प्रस्तुत गरियको देखिन्छ ।

तल्लो जात भनेर हेपिएका बदिनी र समाजको ठूलो जात पण्डितविचको सम्बन्धलाई यो चलचित्रले प्रस्तुत गरिएको छ । अधृत फिल्मस् प्रालिको ब्यानरमा थमनकुमार भण्डारी र किशोर खड्काले निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारि, कुलदिप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ।

।चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ । बादीले जीवन जीउनका लागि मादल बजाएको र बदेनीले आफ्नो शरीर बेच्ने काम गरेको चलचित्रमा देखाइएको छ । चलचित्र साउन ४ गते बाट देश भर प्रदर्शन मिति तोकियाको छ।