Gold
Bangad salyan

पार्टीको सभा सम्मेलन स्थगित गर्न नेपालको निर्देशन

पुस २६ ,काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको ठूला सभा सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिएका हुन्। साथै आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन उनले आग्रह गरेका छन् ।

कोरोना भाइरस सक्रमणहुन नदिन सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउँनहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु नेपालले भनेका छन् ।

यस्तै नेपालको विज्ञप्तिमा भनिएको छ स्वास्थ्य मापदण्ड पालना गर्न,तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गर्दछु।

अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका छन् ।

देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उनले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् ।साथै उनले खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन सहयोग गर्नसमेत कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै १८ वर्ष पूरा भएर पनि खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन समेत अध्यक्ष नेपालले आग्रह गरेका छन् ।