गठबन्धनका उम्मेदवारलाई हावा खुवाउदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित
विराटनगर – प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।
अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरेका छन् ।गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरेका छन् । राई जसपाबाट उम्मेदवार बनेका थिए । अन्य प्रदेशबाट भने गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन्।

