Gold
Bangad salyan

आज कोरोनाबाट थप ३२ जना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा गत २४ घान्टामा कोरोनाबाट थप ३२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मर्नेको संख्या ११ हजार ७ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्।