विद्यालय निर्माणमा भ्रष्टाचार गर्ने सब-इन्जिनियरलाई विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो कारबाही
काठमाडौं – नेकपा नेत्र विक्रम चन्द( विप्लव ) नेतृत्व निकट विद्यार्थी अखिल क्रान्तिकारीले जिल्ला शिक्षा विकास समन्वय इकाई समिति सोलुखुम्बुमा कार्यरत सब-इन्जिनियर पवन कुमार यादव र नवीन सिंहलाई कालो मोसो र जुताको माला लगाएर कारबाही गरेको छ।
विद्यालयहरुमा भवन निर्माण गर्दा व्यापक भ्रष्टाचार गरेको कारण जनकारबाही गरिएको अखिल क्रान्तिकारि सोलुखुम्बुकका संयोजक एकराज राईको विज्ञप्तिमा उल्लेख छ।
यादव र नवीन सिंहले महाकुलुङ्ग गाँउपालिका प्राविबाट १ लाख ९० हजार ,पेलाङ्ग माविबाट ५० हजार ,बाखोर निमावि बाट ३५ हजार ,चपॆल निमावि बाट ३५ हजार ,खिरौले निमावि बाट ७५ हजार र बाखोर निमावि बाट २५ हजार भ्रष्टाचार गरेको अखिल क्रान्तिकारी सोलुखुम्बुलले जनाएको छ।
कमिसन लिएको पैसा पटक पटक अखिल क्रान्तिकारीले फिर्ता गर्न आग्रह गर्दापनि उल्टै संगठनममाथि जाइलाग्ने र सुराकी गर्ने समेत गरेपछि यादव र सिंहलाई सांकेतिक कारबाही गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।
शैक्षिक निजीकरण ,व्यापारीकरण ,माफियाकरण ,भ्रस्टाचार ,सिमा अतिक्रमण ,बलात्कार ,पेट्रोलियम पदार्थकको मूल्य बृद्दि ,मनपरीतन्त्रविरुद्द अखिल क्रान्तिकारीले शसक्त आवाज उठाउने र दोषीलाई जनकारबाही गर्दै आईरहेको छ।


