Gold
Bangad salyan

कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ ३७ वर्षपछि पक्राउ

फागुन ५ ,काठमान्डौ – कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३७ वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका-१० बस्ने सुनबहादुर तामाङ रहेका छन।

उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ। ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो।

फैसला पछि उनि फरार रहेका थिए। खोजतलास पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले तामाङलाई हिजो ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको हो।