Gold
Bangad salyan

अमेरिकाले नेपाललाई धम्कि दिए प्रतिवाद गर्छौं : चीन

काठमान्डौ- अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको चीनले आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ। उक्त पत्रकार सम्मेलनमा एक सञ्चारकर्मीले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रश्न गर्दा प्रवक्ता पिनले यस्तो टिप्पणी गरेका हुन्।

अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर धम्कि दिएको छ। नेपाललाई दिएको यो धम्किपूर्ण भाषालाई चीनले प्रतिवाद गर्छ पिनले भने। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले जनाएको छ।