Gold
Bangad salyan

एमसीसीको विरोधमा अखिल भारत नेपाली एकता मञ्चले राजदूतावासमा बुझायो ज्ञापनपत्र

काठमाण्डाै – अखिल भारत नेपाली एकता मञ्चले अमेरिकी सहयोगको परियोजना (एमसीसी)को विरोधमा भारतस्थित नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।

मञ्चले शुक्रबार कार्यवाहक राजदूत रामप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । एकता मञ्चका केन्द्रीय उपमहासचिव आरबी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कार्यवाहक राजदूत सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिनिधिमण्डलमा केन्द्रीय सह कोषाध्यक्ष हरिप्रसाद अर्याल, केन्द्रीय सदस्य मानु श्रेष्ठ, जीवन शर्मा, नारायण विक, अर्जुन दयाल, सूर्य राना, कमला थापा लगायत रहेका थिए ।