Gold
Bangad salyan

नायक पल शाह आज आफै प्रहरीसामु उपस्तिथि हुँदै

फागुन १५,काठमान्डौ – अभिनेता पल शाह आज आफै प्रहरी कार्यलयमा उपस्तिथि हुने भएका छन। उनले आफ्नो समाजिक संजालमार्फत यस्तो बताएका हुन।

यस्तै नायक शाहले आफ्नो स्वास्थ्य अवस्था बिग्रीएको र घरको सबै घर व्यवहार मिलाउनु परेकाले फिल्म “म यस्तो गित गाउछु २”लाई असर नपरोस भनेर रिलिजमा उपस्तिथि हुन नसकेको बताएका छन।

शाह अभिनित चलचित्र म यस्तो गित गाउछु २ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भैइरहेको छ । नेपालको कानुनलाई सम्मान गर्दै आज आईतवार प्रहरीसामु आफै उपस्तिथि हुने उनले जनाएका छन।

साथै उन्ले आफ्ना फ्यान सुभ्चिन्तकहरु सबैलाई हार्दिक धन्यवाद दिएका छन। आफुलाई गायिका बताउने समिक्षा अधिकारले पल शाहविरुद्ध करणीसम्बधी तनहुँ प्रहरीसामु जाहेरी दिएपछि प्रहरीले उनलाई खोजिरहेको थियो।

मोडल दुर्गेश थापा लगायतलको पाँच जनाको समूहले नायक पल शाहलाई ज्यान मर्ने योजना बनाएको रहस्य खुलेको छ भने गायिका अधिकरीलाई पैसाको प्रलोभनमा पारेर उनिहरुले शाहविरुद्ध करणीसम्बन्धि मुद्दा दर्ता गर्न लगाएको समेत घटना बाहिरीएको छ।