Gold
Bangad salyan

माओवादी केन्द्रको प्रदेश इञ्चार्ज तोकियो कर्णालीमा कालीबहादुर मल्ल

काठमान्डौ – नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो। प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ।

यस्तै, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको हो। बैठकले सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकेको छ।

यस्तै बैठकले केन्द्रिय सदस्यको नाम टुंगो लगाएको छ। सोमबार बसेको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८२ जना केन्द्रीय सदस्यको सूची पढेर सुनाएका थिए। त्यस्तै १५ जना भने प्रस्तावित केन्द्रीय सदस्य बनेका छन्।