Gold
Bangad salyan

नायक पल शाहका म्यानेजर पक्राउ

काठमान्डौ – जबर्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार जोशीलाई नियन्त्रणमा लिएको हो।

युट्युबमा विभिन्न अन्तवार्ता दिएर अनुसन्धान प्रभावित पार्न खोजेको, अभियुक्तका लागि मतियारको काम गरेको आरोपमा जोशीलाई पक्राउ गरिएको तनहुँका प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले बताए।शुक्रबारै तनहुँ प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ। उनले आफूसहित दुर्गेश थापा र केही व्याक्ति मिलेर नायक पल शाहको हत्या योजना बनाएको समेत सार्वजानिक रुपमा बोल्दै आएका छन्।