Gold
Bangad salyan

मध्यपश्चिम विश्वविद्यालयको कार्यालयमा तोडफोड ,,

असार १५ ,सुर्खेत – सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। स्वायत्त ईन्जिनियरिङ् संकायको माग गर्दै आन्दोलनरत ईन्जिनियरिङ् संकाय संघर्ष समितिका विद्यार्थीहरुले शुक्रबार तोडफोड गरेका हुन् ।

प्रयोगात्मक कक्षासहितको ईन्जिनियरिङ् अध्ययनको मागसहित १२ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका ईन्जिनियरिङ् अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । शुक्रबार बिहान विद्यालय प्रशासनले जर्बजस्ती ताला खोलिदिएपछि तोडफोड गरिएको संघर्ष समितिका सदस्य रोसन बस्नेतले बताए ।

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका मागहरु ईन्जिनियरिङ् संकायका विद्यार्थीहरुले राख्दै आएका छन् ।

तोडफोड नियन्त्रण गर्ने क्रममा नियन्त्रणका लागि खटिएका प्रहरीको लाठी लागेर तीनजना विद्यार्थी सामान्य घाईते समेत भएका छन् । तोडफोडबाट भवनका दुईवटा झ्यालहरुको सिसा फुटेको छ ।विद्यालय प्रशासन र विद्यार्थीबीच अहिले वार्ता भैरहेको छ ।

याे सम्पुर्ण परिस्थितिकाे श्रृजना नालायक उपकुलपति र रजिष्ट्रारले गरेका हुन विश्वविधालयलाई कृडास्थल वनाउने हाेईन तत्काल शान्ति सुरक्षा कायम गर।, विधार्थिलाई विना सर्त रिहाई गर, विधार्थिका माग पुरा गर, गुण्डागर्दि वन्द गर जस्ता विद्यार्थीले नारा लगायका छन्। शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थीको हुनासो छ । तोडफोड गर्ने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।