Gold
Bangad salyan

अब नेपाली मलेसिया जान पाउने खुल्यो श्रम स्वीकृत

काठमाण्डाै – नेपाली अब मलेसिया जान पाउने भएका छन। सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन सुरु गर्ने निर्णय गरेको हो।

दुई बर्षबाट रोकिएको श्रम स्वीकृति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको बताए ।

मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको हो।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।

गएकाे जनवरी २८ तारिखदेखि  मलेसियाले विभिन्न मापदण्डसहित विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेकाे थियाे ।

याेसँगै त्यहाँ रहेकाे नेपाली दूतावासले पनि कामदार माग पत्र प्रमाणीकरणको काम सुरु गरिसकेकाे र माग प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएकाे मन्त्रालयले जनाएकाे छ । खाडी मुलुकका साउदी कतार , ओमान दुबै लगायतका देशहरुभन्दा बढी नेपालीहरुले श्रम गर्ने थलो मलेसिया मन पराउने गर्दछन।