Gold
Bangad salyan

मर्यादितरूपमा होली पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

चैत ३ काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई असर र अवरोध पुग्ने नगरी होलि पर्व माउन आग्रह गरेका छन्। फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबै दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै उनले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्।प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन्।

समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास प्रधानमन्त्रीको छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा आज रंग अविर लगाई होलि मनाउने गरिन्छ भने तराईका ठाँउहरुमा भोलि फागुपूर्णिमा मनाइन्छ। सरकारले होलीमा सार्वजानिक बिदा दिएको छ।