Gold
Bangad salyan

आगामी निर्वाचनमा रुकुम पश्चिमबाट १ लाख ४ हजार ४८२ मतदाता संख्या

चैत १४ ,काठमान्डौ – आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन्।

यो पाँच वर्षको स्थानीय निवार्चनमा झण्डै ३७ लाख बढी मतदाता हो । २०७४ को स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको आयोगले जनाएको हो।

यस्तै रुकुम पश्चिमबाट १ लाख ४४८२ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनका मतदातामा महिला भन्दा पुरुष धेरै छन् जसमा ५२ हजार ७ सय ६७ जना पुरुष र ५१ हजार ७ सय १४ जना महिला मतदाता रहेका छन ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै मतदाता जिल्लाको मुसिकोट नगरपालिकामा रहेका छन् । मुसिकोटमा २२ हजार १९७ जना, आठबिसकोट नगरपालिकामा २० हजार ७०८ जना र चौरजहारी नगरपालिकामा १९ हजार १०८ जना मतदाता रहेका छन ।

यस्तै सानीभेरी गाउँपालिकामा १४ हजार ४०६ जना, त्रिवेणि गाउँपालिकामा १४ हजार ३३६ जना र बाँफिकोट गाउँपालिकामा १३ हजार ७२७ जना मतदाता रहेका छन ।निर्वाचन आयोगका अनुसार जिल्लाभरि मतदान स्थलको संख्या ७३ र मतदाना केन्द्र १३९ रहेको उल्लेख गरिएको छ ।