Gold
Bangad salyan

एमाले निकट गेसोका अध्यक्ष राई माओवादी केन्द्रमा प्रवेश

काठमाण्डाै – गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राई नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । आज शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईसहितका गेसोका ८१ जनालाई माओवादी केन्द्रमा स्वागत गरेका छन्।

भूतपूर्व गोर्खा सैनिकको मागलाई लिएर बेलायत सरकारसँग अहिले वार्ता गर्न नेपालले टोली बनाएको छ। जसमा भूपू गोर्खाहरुको अर्को संगठन गोर्खा सत्याग्रह पक्षलाई समेटिएको छ ।

गोर्खा सैनिकले आफ्नो पनि प्रतिनिधिधित्व खोजेको थियो । तर गेसोलाई नसमेटिएपच्छी सत्तारुढ पार्टीमा आवद्ध हुँदा वार्ता टोलीमा प्रतिनिधित्वका लागि सहज हुने देखेर पनि एमाले निकट रहेका राई माओवादी केन्द्र प्रवेश गरेको हुनसक्ने पाईएको छ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त वार्ता टोलीमा गेसोको प्रतिनिधित्व नहुने सुन्दा आफूलाई अचम्म लागेको बताए । उनले यस विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवाउँग कुराकानी गरेको र प्रधानमन्त्री सकारात्मक रहेको पनि बताए ।