Gold
Bangad salyan

एमालेबाट निर्वाचित मेयर सहित पाँच वडा अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुर -कञ्चनपुरको वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित मेयर अशोककुमार चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन।

मेयर चन्दसहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज आइतवार पार्टी प्रवेश गराउदै स्वागत गरेका हुन् ।
चन्दसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला नम्बरका अध्यक्ष भास्कर भट्ट, ७ नम्बरका वीरबहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीले जनाएको छ ।