Gold
Bangad salyan

मन्त्री दिपक मनाङेले फेरि कुटे कर्मचारी

कास्की – गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन।

मनाङेले हिजाे मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको घटना बाहिरिएको हो।

कुटपिटबारे जानकारी लिन खोज्दा भने मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् ।कुटिएका कर्मचारी ओझाको भने मोबाइल स्विच अफ छ ।

ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएकाे छ । मन्त्री मनाङेले भने आफू ले कुटपिट नगरेको र सम्झाएको बताएका छन।

युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेकाे बताइएकाे छ ।
डेढ वर्षअघि पनि मनाङेले कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

तत्कालीन समयमा उनलाई प्रहरीले पक्राउ गरेर धरौटीमा रिहा गरेको थियो ।

दीपक मनाङे पहिले देखीनै गुन्डा नाईकेको रुपमा चिनिने गरेका छन। पछिल्लो समय राजनितिमा प्रवेश गरेर मन्त्री भयपनि उनको बानी नबद्लीएको पाईएको छ।