Gold
Bangad salyan

महानगर भागबण्डामा सहमति मिल्यो कसलाई कति : पोखरा एकीकृत समाजवादीलाई

काठमान्डौ – स्थानीय तह निर्वाचनअन्तर्गत सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा करिब टुंगो लागेको छ। मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति भएको स्रोतले बतायो।

समग्रमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको विषयमा छलफल गरेका भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अन्तिम निर्णयमा सकारात्मक रुपले पुग्न लागेको बताए। उनले आजै राती निर्णय समेत बताए।

६ वटा महानगरपालिकामा भने भागवण्डा मिलेको बैठकमा सहभागी एक नेताले बताए । पोखरा महानगरपालिकामा देखिएको विवाद पनि जिल्लाका नेतासँगको सम्वादपछि समाधान भएको छ।

पोखरामा उपमेयर कांग्रेसले पाउने ससहमति भएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरामा मेयर पाएको छ। त्यसैगरी भरतपुर माओवादीले, जसपाले वीरगंज पाएको छ। काठमाडौं, ललितपुर र विराटनगर भने कांग्रेसको भागमा परेको छ।

त्यसैगरी कांग्रेसले पोखरासहित चितवन र वीरगंजको उपमेयर पाएको छ। काठमाडौंमा एकीकृत समाजवादी, जसपाले विराटनगर र ललितपुरमा माओवादीको भागमा उपप्रमुख परेको छ।उपमहानगरमा भने दाङ, इटहरीलगायत ठाउँमा दुई दलको दाबीले सहमति जुट्न बाँकीनै छ।

त्यस्तै दाङको घोराही, जनकपुर, बाराको जितपुर सिमरा, कलैया, धरान र इटहरीमा गठबन्धनका दलले आफ्नो प्रतिष्ठाको विषय बनाउँदा मिलाउन कठिनाई भएको र यसमाको निष्कर्षमा पुगेर आजै राती टुंग्याउनेगरी नेताहरु छलफलमा लागिपरेका छन्।