Gold
Bangad salyan

केपि ओली चितवन् पुगेर प्रधानमन्त्री देउवालाई टाउके भने पछी

चितवन् – नेकपा एमालेका अध्यक्ष केपि ओलीले चितवनका काङ्ग्रेसहरुले कसरी मन थामेका होलान भनेर अभिव्यक्ति दिएका छन ।

चितवनको भरतपुरमा आइतबार नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै ओलीले चितवनका काङ्ग्रेसलाई उच्काएका समेत छन।

केही दिन अगाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाईप्रति ईङ्कित गर्दै बिचरा काङ्ग्रेसहरुको मन कस्तो भएको होला भन्दै उनिहरुको मुटु कस्तो भएको होला भन्दै बोलेका हुन।

यस्तै प्रचण्डले धम्की दिएर चुनावमा धादली गर्न खोजेको समेत केपि ओलीले आरोप लगाएका छन। प्रचण्डको छोरीलाई भोट हाले पछि बीस बर्ष सम्म गठबन्धन टिक्छ र तपाईहरुले सुन्नु भो होला ।

नत्र देश दुर्घटना हुन्छ भनेको सुन्नु भो होला ।धम्की दिदै आएका मान्छेहरु अझै धम्काउन न छोड्ने ल हेर्नुस त उनले भने।
यस्तै धम्की संग कोहि पनि नडराउन समेत ओलीले चितवनबासीलाई बताए ।

कोहि डराउनु पर्दैन देश केही दुर्घटना हुँदैन हुन्छ के हुन्छ भने गठबन्धन नराम्रोसंग हार्छ ओलीले भने । यस्तै काङ्ग्रेसले रेनु दाहाललाई भोट हालेर जिताए काङ्ग्रेसले बीस बर्स सम्म उसैलाई बोक्नु पर्ने बताए ।

ओलीले भने अहिले काङ्ग्रेसले प्रचण्डको छोरीलाई बोकेको छ ।भोलि ज्वाईलाई भान्जा नातेदार सबैलाई बोक्ने दिन आउनेछन बेलमा सोच्नुहोस म काङ्ग्रेसका माथी बस्ने टाउके नेताहरुलाई भन्न चाहन्छु ओलीले भने।