Gold
Bangad salyan

बाढीपहिरोको उद्दारमा जुट्न कार्यकर्तालाई कांग्रेसको आग्रह ,,

असार १९ – देशै भर परेको वर्षाले बाढी पहिरोबाट प्रभावित भयका बासिलाई राहतको लागि आ आफ्नो ठाँउबाट जुट्न कांग्रेसले आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ ।काङग्रेस केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै वाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरुमा डेढ दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिसहरु वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्तिहरु घाइते भएको जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा काङग्रेसले प्राकृतिक विपतको संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु ,खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग आग्रह गरेको छ ।
पिडितको घाउमा मलम लगाउन पर्ने भयकोले तत्काल घाईते र मृतक परिवार प्रति धैर्य धारणको प्राथना गर्न पर्ने कांग्रेसको आग्रह छ ।