Gold
Bangad salyan

गुर्भाकोट ३ मा बिस वर्ष कांग्रेसको सभापति समालेका डाँगी एमालेमा प्रवेश गर्दा पनि कांग्रेस विजयी

जेठ १,सुर्खेत – गुर्भाकोट नगरपालिका ३ को अध्यक्ष पदमा नेपाली कांग्रेसकका उमेद्वार ओम प्रकाश बुढा ७६४ मत सहित विजयी भएका छन्।

उनले प्रतिद्वन्दी एमालेका उमेद्वार तुलाराम बिस्टलाई १७१ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्। एमालेका तुलाराम बिष्टले ५९३ मत प्राप्त गरेका छन।

धारापानी कांग्रेसको गड मानिन्छ। एमालेलाई नेकपा माओवादी केन्द्रले साथ् दिएको थियो भने धारापानीमा बिस बर्ष सम्म नेपाली कांग्रेसको सभापति समालेका भुपेन्द्र डाँगीपनि एमाले तिर समाहित भएका थिए।

तैपनि धारापानीमा कांग्रेसले विजयी हासिल गरेको छ। २०७४ को स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट ओम प्रकाश बुढा विजयी भएका थिए।

यस्तै गुर्भाकोट नगरपालिकाको मेयर उपमेरमा पून: कांग्रेसले जित्ने पक्का देखिएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरमा अहस्ता पुन र उपमेयरमा मैना विक विजयी भएका थिए।

यो स्थानीय निर्वाचनमा पनि कांग्रेसले पुरानै उमेद्वार उठाएको छ। प्रतिद्वन्दीमा नेकपा एमाले र माओवादी केन्द्र पछाडी छन्।