Gold
Bangad salyan

भरतपुर महानगरपालिकामा रेणुलाई पछाडी पार्दै विजय सुवेदी अगाडी

काठमान्डौ – भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पारेका हुन्।

१० हजार ४०५ मत गणना हुँदा सुवेदीले ३६३३ मत प्राप्त गरेका छन् भने दाहालले ३६२९ मत पाएकी छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३९७ मत पाएका छन्।

उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४११३ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले २८६१ मत पाएकी छन्।