Gold
Bangad salyan

भरतपुरमा रेनु दाहाल १६ सय भन्दा बढी मतले अग्रस्थानमा

जेठ ४,चितवन् – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १६ सयभन्दा बढी मत अन्तरको अग्रता लिएकी छन् ।

२७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाएकी छन् भने उन्का प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् । मत गणना जारी छ।