Gold
Bangad salyan

मन्त्री पद छोड्दै गर्दा रामकुमारी झाक्री डाको छोडेर रोईन

साउन १३ ,काठमाण्डाै – राजीनामा दिन लाग्दा सहरी विकास मन्त्री रामकुमारी झाँक्री डाको छोडेर धुरुधुरु रोएकि छिन । हिजो आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन सँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो ।

बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री रोएकि थिइन। मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरूसँग छलफल नगरेको भन्दै गुनासो समेत गरिन।

मन्त्रीहरू परिर्वतन हुँदा सञ्चारमाध्यमबाट नभइ पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्ष माधव कुमार नेपालप्रती गुनासो गरिन।

यस्तै मन्त्री झाँक्रीले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको पनि बताईन।
यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकि थिइन।

गठबन्धन सरकारले पार्टीभित्र रहेका मन्त्री फेरबदल गर्न लागेको छ , यो नियमगत रहेको पार्टी अध्यक्षले बताएका छन।
यस्तै नेकपा माओवादी केन्द्र नेपाली काङ्ग्रेसमापनि मन्त्री फेरबदल गर्ने क्रम जारी छ।