Gold
Bangad salyan

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको शर्मामाथि आरोप लागेको छ।

शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका छन्। राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन।

यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती समेत दिएका छन् ।