Gold
Bangad salyan

कमल थापाले भोलि सर्वोच्चमा गाई माग्दै बहस गर्ने

साउन ३०

काठमान्डौ – राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालतमा बिहिबार मुद्दा दायर गरेको छ। आज दर्ता भएको रिट निवेदनमाथि सुनवाइ हुने भएको छ।  मुद्दाको पेशी भोलि तोकिएको राप्रपा नेपालले जनाएको छ।

भोलिको पेशीमा बहस गर्न स्वंम अध्यक्ष थापा सर्वोच्च अदालत जाने भएका छन्। संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन।

विगतमा राप्रपा नेपालले ‘गाई’ चिन्ह लिएर जनतामा गएको सर्वविदितै छ। राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ’,अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस सम्बन्धि मुद्दाको भोलि पेशी छ। म आफैं वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ।’फाईल तस्वीर