Gold
Bangad salyan

बारपाक गाँउपालिकाका अध्यक्ष र उपाअध्यक्षको यातायात सुविधा वेरुजु शिर्षकमा पालिकाले गर्यो खण्डन

साउन ९

गोरखा – बारपाक सुलिकोट गाँउपालिकाका अध्यक्ष र उपाअध्यक्षको यातायात सुविधा वापत देखिएको वेरुजु संबन्धि समाचार बाहिरीएपछि गाँउपालिकाले खण्डन गरेको छ।

गाँउपालिकाले आज एक सूचना जारि उक्त समाचारमा आएका कुरा गलत भएको भन्दै हल्लाको पछि कोहि पनि नलाग्न आग्रह गरेको छ।

त्यस्तै अध्यक्ष र उपाअध्यक्षको यातायात सुविधा वापत देखिएको वेरुजु दाखिला भईसकेको समेत सूचनामा उल्लेख छ भने वेरुजु दाखिला सम्बन्धि कार्यालयबाट सूचना जानकारी नलीई भ्रत्मक समचार र सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै गाँउपालिकले ध्यानआकार्षण गरेको बताएको छ।

महालेखा परिक्षकको कार्यालयमा २०७८/ १२। १४ मा नै वेरुजु दाखिला पर्छ्यौटको गरिसकीएको समेत गाँउपालिकाले जनाएको छ। यस्तै महालेखा परिक्षकको कार्यालयले वेरुजु दाखिला पर्छ्यौटको लागि NAMS को प्रयोग भएको तथा वेरुजु उपर प्रतिक्रित्या दिने काम समेत सफ्टवेर मार्फत भएकोमा अपलोड भएको प्रतिक्रिया प्रतिवेदनमा समावेश नभई वेरुजु देखिएको समेत गाँउपालिकाले प्रस्ट पारेको छ। त्यस्तै गाँउपालिकाले आव २०७८। २०७९ मा दोहोरो सुविधा प्रयोग नगरीएको पनि जनाएको छ।