रुकुम पश्चिम बाँफीकोट गाउँपालिका अध्यक्ष जनक मगरले भने फोटो जोडेर बद्नाम गर्न खोजियो साईबरमा जान्छु
रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम बाँफीकोट गाउँपालिका अध्यक्ष जनक कुमाार बाँठा मगरले आफूलाई बद्नाम गर्न फोटो जोडेर सामाजिक सञ्जालमा पोस्ट गरेको बताएका छन्।
एक डियर जिन्दगी फेसबुक आइडीबाट अध्यक्ष जनक कुमाार बाँठा मगर र उनि संगै रहेकी एक किसोरीको फोटो समाजिक संञ्जालमा निकै भाइरल भयो ।
अध्यक्ष बाँठाले उक्त तस्विर सार्वाजानिक भएपछि समाजिक सञ्जालमा बिज्ञप्ति निकाल्दै डियर जिन्दगी नामको फेक फेसबुक आइडि बाट फोटा इडिट गरि चरित्र हत्या गर्ने उदेश्यले गरिएको गलत प्रचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
काठमाडौको नयाँ बसपार्क स्थित सालैज्यु दोहोरी साँझका संचालकले सम्मान गर्ने उदेश्यले बिहीबार आफूलगायत अन्य साथीहरुलाई बोलाएको र उपस्तिथिति भएको बताएका छन्।
पूर्व खेलाडी तथा कलाकार साथीहरुले राखेको सम्मान कार्यक्रमलाई अनर्थ लगाई व्यक्तिगत चरित्र हत्या गर्ने गिरोहका नाइकेको पहिचान भइसकेको समेत अध्यक्ष मगरले बताए।
निजलाई आइतबार साइबर अपराधको मुद्दा दर्ता गरि कानुन प्रक्रियामा जाँदै समेत उनले बताएका छन् । यस्तै यस बिषयमा भ्रममा नपरि यस्ता अपराधी सोचका मान्छेले गरेको कुप्रचारमा विश्वास नगर्न पनि मगरले आग्रह गरेका छन्।

