विमला केसि संघ र समानुपातिक दुवै चुनावमा नलड्ने
भदौ २५,रुकुम पश्चिम् – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसी आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनाव नलडने भएकी छिन् ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय चलाइसकेकी अध्यक्ष केसी समानुपातिकतर्फबाट पनि चुनाव नलडने तयारी गरेकी छिन् ।
‘मैले यो पाँच वर्ष पार्टीलाई चलाउने र पार्टीलाई थप सुदृढ गर्ने योजना अनुरुप अघि बढने तयारी गरेको छु ।’ अध्यक्ष केसीले पहिलोप्रेससँग भन्छिन्, ‘हामीले एक पटक समानुपातिक सांसद भएकालाई दोहो¥याउनु राम्रो नहुने नीति अख्तियार गरेका पनि छौं ।’
उनले आगामी दिनमा कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने दाबी गर्दै विगतमा सरकारले पार्टी चलाएजस्तो देखिने भएपनि आगामी दिनमा पार्टीले सरकार चलाउने गरि अघि बढने बताईन ।
‘मसँग सरकार चलाउने अनुभव पनि छ अब पार्टी पनि चलाउने अनुभव लिइरहेको छु ।’ उनले भनिन्, ‘कार्यकर्तामा सत्ता नै सबेथोक हो भन्ने परेकोले सत्ता भन्दा पार्टी ठूलो हो भन्ने देखाउन पनि म चुनाव नलडने निष्कर्षमा पुगेको बिमला के. सी ले जनाएकी छिन ।

