Gold
Bangad salyan

ओलीले भीम रावललाई टिकट नदिएपछी सुदुरपश्चिममा उठ्यो विद्रोह

असोज २२

काठमाडौं,- नेकपा (एमाले) ले भीम रावललाई टिकट नदिएपछि सुदुरपश्चिम्का जन्ता आक्रोसमा छन ।

अछाम-१ मा चुनाव लड्नेगरि एकल नाम सिफारिश भएका रावललाई अन्तिम समयमा आएर पार्टीले उम्मेदवार नबनाउने निर्णय गरेको छ।

रावलको ठाउँमा पार्टीले झपट बोहोरालाई उम्मेदवार बनाउने भएको छ। बोहारा माओवादीकेन्द्रबाट एमाले प्रवेश गरेका थिए ।
रावलले भने यसबारेमा आफूले आज केही प्रतिक्रिया नदिने र पार्टीको आधिकारिक धारणाको पर्खाईमा रहेको बताए ।

एमालेका पूर्व उपाध्यक्ष पूर्व उपप्रधानमन्त्री भैसकेका रावलको नाम एकल सिफारिस भएपनि अध्यक्ष ओलीले नाम काटेको पाईएको छ।

२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्न नपाउने भएका छन्।एमालेको दशौ महाधिवेशनमा केपि ओलीको विरुद्द अध्यक्ष पदमा भीम रावलले उम्मेद्बारी दिएका थिए ।

रावल पराजित भएका थिए ओलीले आफू विरुद्द उम्मेद्बारी दिएको भन्दै अहिले टिकट दिन परेका हुन।