Gold
Bangad salyan

नयाँशक्ति हुँदै एमाले प्रवेश गरेकी करिश्मालाई ओलीले पाखा लगाईदीए

काठमान्डौ – केपि ओलीले टिकट नदिएको भन्दै नायिका करिश्मा मानन्धरले गुनासो पोखेकी छिन।

एमाले नेततृ रहेकी करिश्मा लेख्छिन ।विद्रोह नगर्ने स्वभाव रह्यो नगर्दा पनि भगवानले सबै दिए। तर आज महसुस हुँदै छ, बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।

एमाले अध्यक्ष केपि ओलीले टिकट वितरण गर्दै गर्दा करिश्माले यस्तो स्टाटस राखेकी छिन भने उनलाई समर्थकले स्वतन्त्र उम्मेद्बारी दिन समेत आग्रह गरेका छन।

करिश्मा कहिले नयाँशक्ति कहिले एमाले अन्ततः उनलाई कस्ले पत्याउने ।

पछिल्लो समय कलाकारहरु राजनितिमा जाने र अध्यक्षसंग भेटेर तस्वीर लिएपछि नेता बन्न पाईन्छ भन्नेहरु यहाँ कमि छैन्न । त्यसैमा उनीहरुलाई राजनीतिको र पनि थाहा हुदैन ।

मात्र भाईरल हुन र चर्चामा आउन सकिन्छ भन्ने उनीहरुको आसा हुन्छ। तर अन्त्यमा न उता न यता हुन्छन । स्टाटस फोटो हालेर बस्ने नै उनिहरुको काम हुन थालेको छ ।